१० कार्तिक २०८३, मंगलबार

थामखर्क विमानस्थलमा नियमित उडान हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MUGU-AIRPORTखोटाङ, ९ असोज । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा यही असोज १५ गतेदेखि नियमित उडान हुने भएको छ ।

गत जेठदेखि उडान अवरुद्ध भएको थियो । नजिकिँदै गरेको दसँै तथा तिहारलाई ध्यानमा राखेर नेपाल वायुसेवा निगमले नियमित उडान भर्ने तालिका सार्वजनिक गरेको स्टेसन इन्चार्ज नरेन्द्र उदासले बताउनुभयो । हिउँदभर सञ्चालन हुने विमानस्थलमा निगमले मात्र उडान भर्दै आएको छ । रासस