२१ कार्तिक २०८३, शनिबार

दिल्लीले पठाएको नयाँ सन्देशमा के छ ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deep-Kumar-Upadhyayकाठमाडौं, ९ असोज । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतसँग नेपालको टसलका विषयमा प्रधनमन्त्री र विभिन्न दलका शीर्ष नेताहरूसँग भेट गरी जानकारी गराउनुभएको छ ।

भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि तात्तिएर शुक्रबार काठमाडौं आइपुग्नुभएका राजदूत उपाध्यायले आउनेवित्तिकै प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी भारतीय पक्षको भनाइका विषयमा जानकारी गराउनुभएको थियो ।

उपाध्यायले भारतीयपक्षले नेपालको संविधान २०७२ मा देखाएको असन्तुष्टि र मधेसी दलहरूले अघि सारेका मागलाई राजनीतिक तहबाट समाधान गर्न नेपाललाई सन्देश पठाएको जानकारी प्रधानमन्त्री र दलका नेताहरूलाई गराउनुभएको बुझिएको छ ।

भारतीय संस्थापन पक्षसँग परामर्श गरेर नेपालको राजनीतिक अवस्था र नाकाबन्दीलगायतमा छलफल गर्नुभएका उपाध्यायले भारतीय पक्षले राखेका माग र असन्तुष्टिका विषयमा नेपाल सरकार र ठूला दलका नेताहरूलाई जानकारी गराउनुभएको बुझिएको छ ।

राजदूत उपाध्यायले विवाद मिलाउनका लागि आज पनि दिनभरि पहल गर्नुहुने बुझिएको छ । ठूला दलका नेताहरूसँग पनि परामर्श गर्नुभएका राजदूत उपाध्यायले नेपाल र भारतबीचको असमझदारीलाई जोड्ने पक्षमा हुनुहुन्छ ।

अझै काठमाडौंमा दुई दिन बस्ने योजना बनाउनु भएका राजदूत उपाध्यायले जसरी हुन्छ नेपाल–भारतको समस्या मिलाउने पक्षमा देखिनुभएको छ ।

राजदूत उपाध्यायकै पहलमा भारतीय राजदूत रञ्जित रेले मधेसी र अन्य ठूला दलका केही नेताहरूसँग भेट गरी सम्वाद र सहमतिबाट निकास खोज्ने पक्षमा पुगेको स्रोतको दाबी छ ।