‘यो देखियो नी अघोषित नाकाबन्दी’, उहाँले भन्नुभयो, ‘नेपालमा कुनै अबरोध छैन । नेपालबाट तेल लिन गएका ट्याङ्करलाई तेल नै नभरि फिर्ता पठाइएको छ । विराटनगर, भैरहवा, मेचीनगर भन्सार शुक्रबार दिनभरि खुला थिए ।’ उहाँले भारतले नै नाकाबन्दी लगाएको बताउनुभयो । ‘सय पचास जनाले रोक्यो भन्दैमा हुन्छ ?’, अर्थमन्त्री डा.महतले भन्नुभयो, ‘अबरोध भए प्रशासनले हटाउँछ । सामान आउँदा हटाएका छौँ । आन्दोलनकारीका माग सरकारसँग राख्नुपर्यो । देशलाई समस्यामा पारेर केही हुँदैन ।’ देशभित्रको आन्तरिक राजनीतिक कारणले विदेशबाट आउन लागेको खाने कुरा, औषधिलगायतका सामान मधेसी आन्दोलनकारीले भारतसाग मिलेर रोक्नु आर्थिक अपराध रहेको अर्थमन्त्री डा.महतले बताउनुभयो ।
















प्रतिक्रिया