काठमाडौं, ८ असोज । मधेस आन्दोलन निष्कर्षमा नपुगेसम्म काठमाडौंमा पाइलासम्म नराख्ने कसम खाएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अन्ततः काठमाडौं फर्किएका छन् ।
मधेसमा गएर महिना दिनदेखि आन्दोलनको नेतृत्व गरिरहेका महतो झण्डै एक महिनापछि शुक्रबार साँझ ५ बजे सौर्य एयरको विमान चढेर काठमाडौं आएका हुन् ।
आन्दोलन चर्काउन मधेस झरेका महतोले एक सार्वजनिक कार्यक्रममै आन्दोलन सफल नभएसम्म काठमाडौं नर्फकने कसम खाएका थिए । तर, राजधानीमा विजय गच्छदारसँग कार्यगत एकताका लागि वार्ता गर्न महतो काठमाडौं आएको बुझिएको छ । स्रोतका अनुसार गच्दारसँग महतोले शनिबार एकताका लागि वार्ता गर्दैछन् ।















प्रतिक्रिया