१० कार्तिक २०८३, मंगलबार

तेल बोकेका दुई ट्याङ्कर काँकडभिट्टाबाट नेपाल प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tranker-oilकाँकडभिट्टा (झापा), ८ असोज । नेपालको पूर्वी नाका काँकडभिट्टाबाट आज अपराह्न पेट्रोलियम पदार्थ बोकेका दुई ट्याङ्कर नेपाल प्रवेश गरेका छन् ।

भारतीय सीमा पानीटङ्कीमा सुरक्षा जाँचको बहानामा तीन दिनदेखि सयौँ नेपाली मालवाहक ट्रक तथा ट्याङ्करलाई रोकिएकामा आज ती ट्याङ्करलाई भारतीय पक्षले छाडिदिएको मेची भन्सार कार्यालयले जनाएको छ ।

भन्सार प्रमुख भीमबहादुर अधिकारीका अनुसार बिहीबार साँझसम्ममा भारतीय भन्सार नाका पानीटङ्कीबाट १२ मालवाहक साधन काँकडभिट्टा आएका थिए । भारतीय नाकाबाट मालबाहक साधन नेपाल आउन नपाउँदा भन्सार कार्यालयको राजस्वसमेत प्रभावित भएको छ । रासस