– नरेन्द्रसिह कार्की
दार्चुला, ८ असोज । दार्चुलाको तीन ठाउँमा सशस्त्र प्रहरी राख्नुपर्ने सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाले माग गरेको छ । अपराध नियन्त्रणको चुनौती बढ्दै गएपछि जिल्लाको तीन ठाउँमा थप सशस्त्र प्रहरी युनिट राख्न माग गरेको हो ।
व्यास गाविसको छाङ्गरु, राप्ला गाविसको दुम्लीङ र लाली गाविसमा सशस्त्र प्रहरीको युनिट राख्न माग गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका डिएसपी चन्द्रदेव भट्ले बताए । जिल्लाको तिंकर नाका भएर पटक पटक तस्करी भएको भन्ने खबर आउने गरेको कारण यो क्षेत्र सम्बेदनशील भएको उनले बताए ।

तिंकर नाका भएर पटक पटक वन्यजन्तु र रक्तचन्दन तस्करी हुने गरेको पाइएको छ । यस क्षेत्रमा सुरक्षा दृष्टिकोणले प्रहरी युनिट मात्र रहेको छ । प्रहरीलाई छलेरै तस्करले तिंकर हूँदै तिब्बत तस्करी गर्ने गरेका छन् ।
सशस्त्र प्रहरी राख्नको लागि जनशक्ति र स्रोत साधनको लागि पहल हुनुपर्ने डिएसपी भट्टको भनाई छ । भारतीय मार्ग हुँदै तिंकर नाकासम्म वन्यजन्तु तस्करी हुने गरेको छ । अहिलेसम्मका तस्कर समात्न नेपाल प्रहरी असफल भइरहेको अवस्थामा सशस्त्र प्रहरीको उपस्थित सो क्षेत्रमा हुनुपर्ने आवाज उठेको छ ।















प्रतिक्रिया