२१ कार्तिक २०८३, शनिबार

सीमा नाकामा अवरोध गर्नेलाई कारवाहीः खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalnath-khanalकाठमाडौं, ८ असोज । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सीमा नाकामा अवरोध गर्नेलाई सरकारले कारवाही गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता खनालले नेपाल भारतको सीमाक्षेत्र दशगजा वरपर कुनै पनि जुलुस, धर्ना जस्ता बिरोध कार्यक्रम गर्न नपाइने भन्दै नाकामा अवरोध गर्नेहरुलाई सरकारले लखेट्ने बताउनुभएको हो ।

मधेस केन्द्रित दलहरुले सीमा नाकामा अवरोध गर्दा दुई देशको दशगजा क्षेत्रको संवेदनशीलतामाथि असर पर्ने भन्दै खनालले नाकामा अवरोध गर्नेहरुलाई सरकारले हस्तक्षेप गरेर लखेट्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- दुई देशको सम्बन्धमै असर पर्ने गरी सीमा नाकामा अवरोध गर्ने काम स्वीकार्य हुँदैन । सरकारले यस्तो हर्कत गर्नेहरुलाई छुट दिनु हुँदैन ।’