– अनिल खत्री
गुल्मी, ८ असोज । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्णराज बिष्टले भारतलाई असल छिमेकीको भूमिका निभाउन आग्रह गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल गुल्मीले शुक्रबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बिष्टले भारतले एक पक्षीय रुपमा नेपाली जनतालाई समस्या पार्ने तरिकाले हुने कुनै पनि गतिबिधी प्रति आम नेपाली जनता खुसी हुन नसक्ने भन्दै बिगतका सन्धी सम्झौता बिपरित नाका बन्दी गरिए त्यो मान्य नहुने बताउनुभयो ।
अहिले बनेको संबिधान सबै दृष्टिकोणले अत्यन्तै लोकतान्त्रिक भएको बताउँदै संबिधानमा बिभिन्न जातजाति, हिमाल, पहाड, तराई मधेस लगायत सबैको अधिकार संबिधानमा सुनिश्चित भएको सचिव विष्टको भनाई छ । देशले निकै कष्टपूर्ण अबस्थामा संबिधान पाएको भन्दै यसपछिका दिनमा सम्पूर्ण शक्तिलाई आर्थिक विकासमा परिचालन गर्नुपर्ने भन्दै सबै नेपाली एक जुट भएर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।
संबिधान एक गतिशिल दस्ताबेज भएको बताउँदै मधेसका जायज माग संबिधान संशोधन मार्फत सम्बोधन गर्न सकिने भएकाले आन्दोलनरत सबै पक्षलाई बार्तामा आउन आग्रह गर्नुभयो । उहाँले स्वदेशी तथा बिदेशी तत्वहरुले मधेसी जनताले नयाँ संबिधान मार्फत पाएका थुप्रै हकअधिकारलाई समेत ध्यान नदिई मधेसीले केहि पनि पाएन भन्ने भ्रम सिर्जना गरि आन्दोलनलाई हिंसात्मक बनाउने प्रयास गरेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।













प्रतिक्रिया