२१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिद्वारा असोज १५ गते संसदको बैठक आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति डा. रामवरण यादवले संसदको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ ।

नेपालको संविधान २०७२ प्रारम्भ भएपछि राष्ट्रपतिले पहिलो पटक संसदको बैठक आह्वान गर्नुभएको हो ।

संसदको बैठक असोज १५ गते शुक्रबार दिउँसो एक बजेका लागि अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा आज (शुक्रबार) जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले व्यवस्थापिका संसद्को अधिवेश आह्वान गर्नुभएको हो ।

संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका संसद् बैठक आह्वान गर्नुपर्नेछ ।IMG