काठमाडौं, ८ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै अषोषित रुपमा भारतले नेपालमा नाकाबन्दी लगाएपछि त्यस विषयमा छलफल गर्न भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय आज स्वदेश आउँदैछन् ।
भारतको असन्तुष्टि र संस्थापन पक्षसँग भेट गरेर परामर्श गरेका राजदूत उपाध्याय समस्या समाधानका लागि नेपाल सरकारले गर्नुपर्ने पहलका विषयमा सुझाव दिनु हुनेछ ।
भारतले मधेसी मोर्चाका माग र मुद्दालाई नेपालमा संस्थागत गराउन राजनीतिक दल र नेपाल सरकारलाई दवाव दिँदै आएको छ ।
दवाव खेप्न प्रमुख दलहरूलाई हम्मेहम्मे परिरहेका बेला राजदूत उपाध्याय स्वदेश आउन लाग्नुभएको हो ।












प्रतिक्रिया