देउखुरी, ८ असोज । दसैँभरका प्रतिप्रधिलाई उछिन्दै दाङको देउखुरीस्थित लमही निवासी पूजा लामा मिस प्लस टू को टप फाईवभित्र पर्न सफल भएकी छन् ।
बन्दना कला केन्द्रले आयोजना गरेको मिस प्लस टू छनौंटको उपाधि घोषणा कार्यक्रममा पूजा चौथो स्थानमा आउन सफल भएकी हुन् ।
घोषणा कार्यक्रम राष्ट्रिय नाच घरमा बिहीबार भएको थियो । पूजाले आफ्नो करियर अब मोडलिङ्ग भएको प्रतिकृया दिइन् । ‘म पहिलोपल्ट यस्तो प्रोग्राममा सहभागी भएँ,’ उनले भनिन् ‘अबको यात्रा मेरो यसै क्षेत्रमा केन्द्रित हुन्छ ।’
मिस प्लस टू को छनौंटका लागि एसएमएसबाट भोट गर्ने सबैलाई पूजाले धन्यवाद दिएकी छन् । मिस प्लस टू को प्रथम उपाधि काठमाडौंकी आयूषा मानन्धरले जितेकी थिइन् ।
















प्रतिक्रिया