१ कार्तिक २०८३, शनिबार

‘दिल्लीका आदेश है’ भन्दै सीमानामा रोक्ने को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सूर्य सिलवाल, गृहसचिव

मालबाहक सवारी साधनलाई रोक्न भ्रम फैलाउन मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरू भरततर्फ सीमानामा बसेर अबरोध गरेको गृहसचिव सिलवालको भनाइ छ । ‘दुई मुलुकको सीमानामा बसेर यसरी भ्रमण फिजाउन पाइदैन’, उहाँले भन्नुभयो, ‘भारतीय सुरक्षा निकायले पनि ध्यान दिनुपर्छ । हामीले कुरा राख्ने छौँ ।’ भारतबाट नाकाबन्दी गरेको कुनै औपचारिक जानकारी आइनसकेको बताउनुभएका गृहसचिव सिलवालले यस विषयमा सम्बन्धित निकायमार्फत कुरा अगाडि बढाइरहेको बताउनुभयो । जनतालाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउन सरकार सक्षम रहेको बताउनुभएका गृहसचिव सिलवालले आवश्यक परे उत्तरी नाका पनि खोल्न सकिने संकेत गर्नुभएको छ ।