१० कार्तिक २०८३, मंगलबार

भारतविरुद्ध कञ्चनपुरमा प्रदर्शन, मोदीको पुत्ला जलाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpur-1

महेन्द्रनगर, ७ असोज । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरमा भारतविरुद्ध प्रदर्शन गरिएको छ ।

कञ्चनपुरका विभिन्न ६ विद्यार्थी संगठनहरुले विहीबार संयुक्त रुपमा सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । नेपाली जनप्रतिनिधीहरुले बनाएको संविधानको स्वागत गर्नुको साटो अनेकन तरिकाले हस्तक्षेप गरेको भन्दै नेपाली काँग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, एमाओवादी निकट अखिल क्रान्तिकारी, नेकपा माओवादी वैद्य निकट क्रान्तिकारी, विप्लव माओवादी निकट अर्को क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गरेका हुन् ।

अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव वीरेन्द्रराज विष्टले राष्ट्रियताका लागि यहाँका विद्यार्थी संगठन एकजुट भएर आन्दोलित भएको बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्यापस सिद्धनाथ बहुमुखीबाट जुलुस निकालेर बजार परिक्रमा गर्दै मदन चोकमा पुगेर कोणसभा गरेका छन् । यसैबीच विद्यार्थी संगठनहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् । कोण स्थलम भानुचोकमा भारतीय प्रम मोदीको पुत्ला दहन गरेका हुन् ।

कोण सभामा बोल्ने सबै विद्यार्थी संगठनहरुका नेताहरुले भारतले छिमेकी मुलुकको जस्तो व्यवहार नगरेको भन्दै दुख व्यक्त गरेका छन् । कार्यक्रममा अखिल छैटौँका अध्यक्ष महेश जोशीले भारतले व्यवहारका कारण नेपाल आफै नाकाबन्द गर्न तयार भएको चेतावनी दिनुभयो ।
वैद्य माओवादी क्रान्तिकारीका नेता कैलाश गिरीले भारतले नेपालीहरुलाई त्रसाउन अनेकन प्रपोगाण्डा गरेको बताए । अखिल क्रान्तिकारी केन्द्रीय सदस्य राधाकृष्ण जोशीले भारतमा अँग्रेजहरुले गरेको आतंक बिरुद्ध नेपाली गएर भारतको स्वाभिमान बचाएको ईतिहास बभुल्न भारतलाई आग्रह गर्नुभयो ।

kanchanpur-2अनेरास्ववियुका अञ्चल सचिव गणेश ऐरीले नेपालको संविधानमा बारे विदेशीहरुलाई बोल्ने अधिकार नभएको बताउनुभयो । राष्ट्रियतामाथी आँच आउने काम नगर्न समेत उहाँले भारतलाई आग्रह गरे । नेवि संघ उपाध्यक्ष प्रकास थापाले राष्ट्रियतामा खलल् पु¥याउने काम गरेको भन्दै उहाँले भारतको आलोचना गर्नुभयो ।

विप्लव माओवादी क्रान्तिकारीका केन्द्रीय सदस्य विपी उपाध्ययले राष्ट्रियताका लागि विद्यार्थी मात्र नभई भोली आम नागरिक सडकमा आएर संघर्ष गर्न तयार भएको बताए । विद्यार्थी नेताहरुले हस्तक्षेप रोक्न समेत आग्रह गरेका छन् । भारतलाई नाकाबन्दी गर्न समेत उनीहरुले चेतावनी दिएका छन् ।

kanchanpur