१० कार्तिक २०८३, मंगलबार

कान्छी श्रीमतीलाई कुटीकुटी हत्या गर्ने सैनिकलाई सर्वस्वसहित जन्मकैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailमन्थली, ७ असोज । जिल्ला अदालत रामेछापले आफ्नै श्रीमती मारेको अभियोगमा पक्राउ परेका रामेछाप नगरपालिका-४ का २९ वर्षीय रमेश विकलाई सर्वस्वसहित जन्म कैद गर्ने फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले बुधबार नै उक्त फैसला सुनाएको हो । सेनामा कार्यरत विकले घरमा आएका बेला गत साउन २३ गते आफ्नै कान्छी पत्नी चन्दा खत्री (विक) लाई कुटपिट गरी हत्या गरेर मन्थली नगरपालिकाको तिलेचौर जङ्गलमा फालेका थिए ।

पत्नीको हत्यापछि उनको साथमा रहेकी १४ महिनाकी दुधे बालिकालाई समेत रातभर जङ्गलमा नै छाडेर हिँडेका थिए । प्रहरीले विकलाई घटना घटेकै भोलिपल्ट उनको घरबाटै पक्राउ गरेको थियो । पक्राउ परेका विकले हत्या आफूले गरेको स्वीकारसमेत गरेका छन् । विकविरुद्ध प्रहरीले एक महिना पहिले नै कडा सजायको माग गर्दै जिल्ला अदालत रामेछापमा कर्तव्य ज्यान मुद्दामा मुद्दा दायर गरेको थियो । रासस