१० कार्तिक २०८३, मंगलबार

विश्वकै होचाँ डाँगीको शव अमेरिकाबाट अझै आउन सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chandra 3तुलसीपुर (दाङ), ७ असोज । गत भदौ १८ गते उपचारका क्रममा अमेरिकामा निधन भएका विश्वकै होचा व्यक्ति दाङका चन्द्रबहादुर डाँगीको शव अझै नेपाल ल्याउन नसकिएको उहाँको परिवारले जनाएको छ ।

अमेरिकामा बसिरहनु भएका नेपाली योगेन्द्र क्षेत्रीले डाँगीको शव र उहाँसँगै अमेरिका जानुभएका भतिज दोलखलाई नेपाल पठाउन पहल गरिरहनु भएको बताइएको छ ।

सर्कस देखाउने भतिज दोलखसँगै अमेरिका जानुभएका डाँगीको अचानक बिरामी भएपछि उपचारको क्रममा निधन भएको हो ।

अमेरिका बसेका नेपालीको सहयोगमा सर्कस कम्पनीका व्यक्तिसँग छलफल गरेर केही रकम सहयोग लिने सहमति गरेको दोलखले दाङका सञ्चारकर्मीलाई सामाजिक सञ्जालमार्फत केही दिनअघि जानकारी पनि गराएका थिए ।

फिर्ती प्रक्रिया लामो र यात्रु बोक्ने विमानले शव बोक्न नमानेका कारण समस्या आएको बताइएको छ । रासस