१० कार्तिक २०८३, मंगलबार

बेलायतसँग लडेको मार्गमा सेनाले गर्‍यो बाटो पुनःनिर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-sena

तिलोत्तमा (रुपन्देही), असोज ७ । बुटवलको ऐतिहासिक मार्गको नेपाली सेनाले पुनःनिर्माण गरेको छ ।

बेलायती सेनासँग युद्ध लड्दा प्रयोग भएको मार्गको पुनःनिर्माण गरिएको हो । बुटवलको फूलबारीदेखि पाल्पाको नुवाकोटसम्म जाने कर्णेल उजिर सिंह मार्ग नेपाली सेनाको श्रमदानमा निर्माण सम्पन्न भएको छ ।

फूलबारीदेखि साढे ३ किलोमिटर लामो सिंढीको निर्माण नेपाली सेनाको जनश्रमदानमा भएको छ । उक्त सडक पुरानो भए पनि स्थानीय निकायले बेवास्ता गर्दा वर्षौंदेखि हिँड्डुल गर्न स्थानीयवासीलाई अप्ठ्यारो भइरहेको थियो । बुटवलको रामनगरस्थित २२ नम्बर बाहिनीपति जर्नेल कमेन्द्रविक्रम लिम्बूले सेनाले सडक निर्माण गर्न नौ महिनासम्म श्रमदान गरेको बताउनुभयो ।

नुवाकोट विकास समितिको अनुरोधमा सेनाले उक्त बाटोमा श्रमदान गरेका थियो ।

फूलबारी तथा जीतगढी किल्लाबाट नुवाकोटसम्म पाल्पाली राजा मणिकुन्दन सेनले बेलायती सेनासँग लडेको इतिहास रहेको छ । त्यो समयदेखि पदैलरुपमा मानिस आवतजावत गर्ने गरे पनि बीचमा बाटो पूरै जङ्गलमा बदलिएको थियो ।

नुवाकोट विकास समितिका उपाध्यक्ष अनुपमान सैंजुले यो मार्गको सञ्चालनसँगै नुवाकोटलाई लुम्बिनीसँग जोडेर पर्यटक भित्र्याउने रणनीति तयार पानुपर्ने बताउनुभयो । उहाँका अनुसार तत्कालीन भवानीबक्स गणलाई अनुरोध गरेर सेनाले श्रमदान गरेको थियो । रासस