कस्को मलाई नजर लाग्यो, मैले के विराएको थे ।
मेरै कोखबाट जन्म लिने, सबै आज विषालु पो भए ।
कतिले त कोखै छाडी, छिमेकीको मा बास लिए ।
भएका जती सबैले एक अर्काको रगत बगाए ।
मैले दे को संस्कारै भुली छिमकीको साथ लिए ।
मेरै परिवरिसमै कमी थ्यो होला, त्यसैले आज म रोए ।।
मेरै परिवरिसमै कमी थो होला, त्यसैले आज म रोए ।।
रुँदा मेरा आँसु नै सकिए, रगत बग्न भने रोकिएन ।
किन यस्तो गर्छौ तिमीहरु, सहनै सकिएन ।
माया, ममता, अनि आँसुको अर्थ नै नबुझ्ने गरी ।
म आमालाई अबल नै बनाई छाडी दियौ ।
जनक, बुद्ध, सीता, अरनिको याद आयो ।
तिनीहरुको नि बदनाम गरी छाडी दियौ ।
कस्को मलाई नजर लाग्यो, मैले के विराएको थे ।
मेरै परिवरिसमै कमी थ्यो होला, त्यसैले आज म रोए ।।।।
मेरै परिवरिसमै कमी थ्यो होला, त्यसैले आज म रोए ।।।।















प्रतिक्रिया