१० कार्तिक २०८३, मंगलबार

भारतले आफ्नो चरित्र देखायो: एमाले नेता ज्वाला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakash-jwala

तुलसीपुर (दाङ), ७ असोज । नेकपा एमालेका नेता प्रकाश ज्वालाले नेपालको नयाँ संविधानको स्वागत नगरेर भारतले आफ्नो खास चरित्र देखाएको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता ज्वालाले नयाँ संविधान नेपालीले नेपालका लागि बनाएको बताउँदै कुनै देशले स्वागत गर्नु र नगर्नुले कुनै अर्थ नराख्ने बताउनुभयो । पछिल्लो घटनाक्रममा भारतले आफ्नो खास चरित्र सार्वजनिक गरेको उहाँको टिप्पणी छ ।

तराईमा भैरहेको आन्दोलन मागविनाको भएको उहाँले बताउनुभयो । मधेसी, मुस्लिम, थारु र महिलाका मागहरु नयाँ संविधानले पूरा गरिसकेको भन्दै उहाँले अब आन्दोलन गरिराख्नुको औचित्य नभएको बताउनुभयो । उहाँले बाँकी मागहरु अब बन्ने आयोगहरुले सम्बोधन गर्ने बताउनुभयो ।

संघियताका सम्बन्धमा रहेका विवादहरु संघिय आयोगले समाधान गर्ने भन्दै उहाँले आन्दोलन फिर्ता लिन र वार्तामा आउन आन्दोलनरत पक्षलाई आग्रह समेत गर्नुभयो । अहिले बनेको संविधान विश्वकै लोकतान्त्रिक र उत्कृष्ठ संविधान भएको उहाँले बताउनुभयो । “जनताबाट निर्वाचित प्रतिनिधिहरुले संविधानसभाबाट ल्याएको संविधान भन्दा लोकतान्त्रिक विधि अर्को हुनै सक्दैन्, यो जनताले बनाएको संविधान हो र यो विश्वकै इतिहासमा लोकतान्त्रिक छ ।” सल्यान क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका ज्वालाले भन्नुभयो ।

पत्रकार भेटघाटमा बोल्दै सांसद् अनारकली मियाले संविधान जारी गरेर जिल्ला आउँदा खुसी लागेको बताउनुभयो । जनतासँग गरेको प्रमुख वाचा पूरा गरेका छौँ । उहाँले भन्नुभयो ।

प्रेस चौतारी दाङका अध्यक्ष टिका बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै एमाले नेतृ समेत रहेकी मियाँले अब संघिय प्रदेशको राजधानी दाङलाई बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो । प्रेस चौतारी दाङका उपाध्यक्ष संगीत बस्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव वसन्त विवश आचार्यले गर्नुभएको थियो ।