१० कार्तिक २०८३, मंगलबार

भारतीय हस्तक्षेपको विरोधमा दाङमा साइकल र्‍याली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cycle-trip-dangदाङ, ६ असोज । भारतीय हस्तक्षेपको विरोध गर्दै दाङमा साङकेतिकस्वरुप बृहत साइकल र्‍याली निकालिएको छ ।

छिमेकी देश भारतको दबाबलाई ठाडै अस्विकार गरी नेपालका राजनीतिक दलका शीर्ष नेताहरु संविधान सभावाट संविधान जारी गर्न सफल भएकोमा खुसियाली ब्यक्त गर्दै भारतिय हस्तक्षेपको कडा विरोधको प्रतिकात्मकस्वरुप साइकल र्‍याली निकालिएको अभियानका अध्यक्ष सविन प्रियासनले बताउनुभयो ।

नेपालको संविधानप्रति आफ्नो असन्तुष्टि जाहेर गर्दै नाकाबन्दी गर्ने धम्कि दिएपछि त्यसको विरोधमा दाङमा साइकल र्‍याली निकालिएको हो । राष्ट्रिय झन्डासहित सडकमा साइकल लिएर निस्किएका युवाहरुले बजार अधिकांश भाग परीक्रमा गरेका थिए ।

समृद्ध दाङ समुन्नत नेपाल अभियानको आयोजनामा भएको साइकल र्‍यालीमा सर्वसाधारण युवाहरु, उद्योगी, ब्यवसायी, पत्रकार, शिक्षक, विद्यार्थीको उपस्थिती थियो । घोराहीको तुलसिपुर चोकवाट शुरु भएको साइकल र्‍याली दामोदर चोक, त्रिभुवन पार्क, नयाँ बजार, राप्ति टोल, बैक रोड, शिवबस्ति टोल, मेनरोड हुदै विपि चोक पुगेर कोण सभामा परीणत भएको थियो ।

सभामा वोल्ने बक्ताहरुले नेपालको संविधान उत्कृष्ट भएको भन्दै अन्य कुनै पनि देशलाई यसको विरोध गर्ने अधिकारी नभएको कुरामा जोड दिएका थिए । नब्बे प्रतिशत बढि सहभागितामा बनेको नेपालको जनमैत्रि संविधानले सबैको अधिकार सुनिश्चित गरेको भन्दै नेपालि राष्ट्रियतामाथि धावा वोल्ने जोकोहिको जोडदाररुपमा विरोध गर्ने चेतावानि दिएका थिए ।

सो अवसरमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदिप गौतमले नेपालिहरुले राष्ट्रियताको पक्षमा जस्तोकसुकै कष्टसहेर बस्न तयार रहेको तर, अरुको हस्तक्षेप स्विकार्य नभएको बताउनुभयो । अभियानका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएका कार्यक्रममा कार्यक्रम संयोजक मिनराज भाटले स्वागत मन्तब्य र महासचिव केशरमान विसिले सञ्चालन गर्नु भएको थियो ।