काठमाडौं, ६ असोज । एकीकृत माओवादीले मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्र देखिएको समस्या समाधानका लागि आगामी साता केन्द्रीय समितिको बैठक बोलाएको छ ।
लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले असोज १० र ११ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । नेपालको संविधान २०७२ जारी भएपछि एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आउनुभएको छ ।
बैठकमा केन्द्रीय सल्लाहकार र केन्द्रीय परिषद्का सदस्यहरुलाई पनि बनाइएको छ । बैठकले पार्टी पुनर्गठनसम्वन्धी २५ बुँदे प्रस्ताव परिर्माजन गर्ने जिम्मा अध्यक्ष दाहालले दिएको छ ।















प्रतिक्रिया