
काठमाडौँ, ६ असोज । काठमाडौंको एक गेष्ट हाउसमा एक व्यक्तिको लास भेटिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार तार्केश्वर नगरपालिका–२१ घर भएका ५० बर्षीय बिजय महर्जन मृत अवस्थामा फेला परेका छन् ।
उनलाई मंगलबार काठमाडौँ महानगरपालिका–१४ कलंकी स्थित शान्ति गेष्ट हाउसको कोठा नम्वर ५ मा मृत अवस्थामा फेला पारिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया