
काठमाडौं, ६ असोज । तराई मधेसको आन्दोलन राजनीतिक नियन्त्रण भन्दा बाहिर गइसकेको सुरक्षा निकायले सरकारलाई जानकारी गराएका छन् ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागले मधेस आन्दोलनबारे गरेको सुक्ष्म अनुसन्धान रिपोर्टमा राजनीतिक तथा संगसगठन बाहिरबाटै आन्दोलनको नेतृत्व भइरहेको विश्लेषण गरिएको हो ।
सुरक्षा निकायले सरकारलाई बुझाएको उक्त रिपोर्टमा तराईका राजनीतिक दल र तिनको नेतृत्वको नियन्त्रणमा आन्दोलन नरहेको निश्कर्ष निकाल्दै राजनीतिक समाधान खोज्न सुझाएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई जानकारी गराइको रिपोर्टमा पहाडी समुदायको मात्रै होइन मधेसी नेतृत्वकै विरुद्ध पनि हिंसाको बिउ रोपिन लागेको, आन्दोलन चर्किंदा केही मधेसी नेता भाग्न खोज्नु र तिनलाई समाएर जबरजस्ती जुलुसमा हिँडाउनु, सद्भावना पार्टीका नेता राजेन्द्र महतो वीरगन्जको आरामदायी होटलमा बसेको भन्दै उनीविरुद्ध नारा लाग्नुजस्ता घटनाले घटनाले गम्भीर संकेत गरेको उल्लेख छ ।
त्यस्तै, संविधानमा हस्ताक्षर गर्ने दल र तिनका स्थानीय नेताहरू गाउँगाउँ गएर सर्वसाधारणलाई संविधान जनपक्षीय छ भन्ने विश्वास तत्काल दिलाउन सकेमा स्थिति अनुकूल बन्न सक्ने सुझाव पनि रिपोर्टमा प्रस्तुत गरिएको छ ।















प्रतिक्रिया