काठमाडौं, ६ असोज । घोषणा लगत्तै सुरुमै विज्ञप्ती जारी गरेर नेपालको संविधानको स्वागत गरेको पाकिस्तानले भारतले लगाएको नाकाबन्दीको चर्काे आलोचना गरेको छ ।
पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार त्यहाँको विदेश मन्त्रालयले अनौपचारिक रुपमा भारतको नाकाबन्दी लगाउने कदमको विरोध गरेको हो । मंगलबार मात्रै भारतले सीमा नाकामा तेल बोकेका नेपाली ट्याकंरलाई रोकेपछि पाकिस्तानले अलोचनात्मक विरोध जनाएको हो ।
पाकिस्तानले नेपालको संविधान बनाउने अधिकार नेपाली जनतालाई मात्र भएको र नेपालीको स्वाभिमानमाथि कसैले पनि आँच आउने काम गर्न नहुने बताएको छ ।
सोमबार मात्रै एक विज्ञप्ती जारी गर्दै पाकिस्तानले नेपालको पछिल्लो घटनाक्रम र संविधानसभाबाट संविधान जारी भएकोमा खुसी व्यक्त गर्दै संविधानको स्वागत तथा बधाई दिएको थियो ।
पाकिस्तानीले भारतको नाकाबन्दी लगाउने तयारीको विरोधमा विज्ञप्ती निकाल्ने तयारी समेत गरिरहेको समाचारमा जनाइएको छ । पाकिस्तानी दूतावास स्रोतका अनुसार भारतीय सरकारले नेपालमाथि नाकाबन्दी लगाउने विषयलाई पाकिस्तानले अस्विकार गर्ने बताइएको छ ।















प्रतिक्रिया