काठमाडौं, ६ असोज । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्व विद्यालयले आफ्नो वार्षिक शैक्षिक क्यालेण्डर अहिलेसम्म लागू गर्न नसकेको अवस्थामा समेष्टर प्रणाली लागू गर्न नसक्नेभन्दै विरोधमा उत्रिएको छ ।
विरोधअन्तर्ग नेविसंघले पुतलीसडकस्थित शंकरदेव क्याम्पस, त्रिवि कीर्तिपुरमा नयाँ सेमेष्टर भर्नाका लागि फारम वितरणमा रोक लगाएको छ । सेमेष्टरप्रणालीको विरोधमा नेविसंघका साथै अखिल, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले पनि विरोध गर्दै आएका छन् ।
सेमेष्टर प्रणाली लागू अत्यन्तै महँगो र अव्यवहारिक रहेकाले विराधमा उत्रुन परेको नेविसंघ शकरदेवका ईकाई अध्यक्ष हरिशचन्द्र भण्डारीले जानकारी दिनुभयो । ‘गरिव विद्यार्थीलाई उचित विकल्प नदिइ ल्याइएको सेमेष्टर प्रणालीको अहिले लागू हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘पाठ्यक्रम र दक्ष शिक्षकको अभावले पनि अहिले सेमेष्टर प्रणाली उचित छैन ।’
पहिला त्रिविले आफूलाई दक्ष बनाउनु पर्ने भन्दै भण्डारीले यथाअवस्थामा सेमेष्टर प्रणाली कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिनुभयो । ‘यो सेमेष्टर प्रणाली कुनै पनि हालतमा लागू हुन दिँदैनौँ ।’
नेविसंघले आन्दोलनअन्तर्गत हाललाई सेमेष्टरको फारम वितरण रोक्नुका साथै निकासका लागि सम्बन्धित निकायलाई दववा सृजना गर्न विभिन्न अभियान चलाइरहेको छ । त्रिविले पूर्वतयारी विना सेमेष्टर प्रणाली लागू गरेपछि विद्यार्थी संगठनहरू आक्रोशित छन् ।















प्रतिक्रिया