१ कार्तिक २०८३, शनिबार

भारतीय असन्तुष्टिपछि तीन दलको आकस्मिक बैठक बालुवाटारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Top Three Party Meeting with PM and CA Chair at Baluwatar

काठमाडौँ, ५ असोज । भारतले सिमा क्षेत्रमा आपूर्ति रोकेको विषय सार्वजनिक भएपछि प्रमुख तीन राजनीतिक दलको आकस्किक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ ।

नेपालमा संविधान जारी भएको विषयमा भारतले धम्कीयुक्त विज्ञप्ति जारी गरेपछि प्रमुख दलको आकस्मिक बैठक बसेको हो । बैठकमा तराई, मधेसमा हिंसात्मक बन्दै गएको आन्दोलनको निकास, र छिमेकी भारतको पछिल्लो गतिविधि, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसँग आज भएको वार्ता र छलफलका बारेमा छलफल केन्द्रित रहेको बताइएको छ । बैठकमा सहभागी एक नेताका अनुसार, प्रधानमन्त्री सुशील कोइरालाको बुधबारबाट हुन लागेको अमेरिका भ्रमण र त्यसअवधिमा गर्नुपर्ने कामका विषयमा पनि छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।

यस्तै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह एमालेका उपाध्यक्षद्वय वामदेव गौतम र विद्या भण्डारी, महासचिव ईश्वर पोखरेल, नेता भीम रावल तथा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेता पनि बैठकमा सहभागी हुनुहुन्छ । (फाइल तस्वीर)