पाल्पा, ५ असोज । पाल्पा बौघागुम्बा गाविस–४ माथिल्लो छेलुङकी विद्याकुमारी दर्जीको हत्या सोही स्थानका चेतबहादुर बरालले गरेको रहस्य खुलासा भएको छ ।
हत्या गरी सोही दिन भारत पसेका बराललाई प्रहरीले हत्या भएको १० दिनपछि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले आज पत्रकार सम्मेलन गरी अभियुक्त बराललाई सार्वजनिक गरेको हो । हत्यापछि दर्जीको घरमा आगो लगाइदिएको प्रहरीको भनाइ छ । सिरक ओढाइएको अवस्थामा घरभित्र शव फेला परेको प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमिल्सेनाले बताउनुभयो ।
घरमा एक्लै बस्दै आएकी दर्जीको गत भदौ २२ गते हत्या भएको थियो । हत्यामा संलग्न रहेका ४२ वर्षीय बरालको घर मृतकको घरदेखि छ सय मिटर टाढा पर्छ । रासस















प्रतिक्रिया