सुनसरी, ५ असोज । सुनसरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार मधेशी मोर्चाका बन्दकर्ताको कुटपिटबाट मंगलबार दंगा नियन्त्रण प्रहरी गण दुहबीमा कार्यरत प्रहरी जवानद्वय भद्रबहादुर खत्री र थिरबहादुर लिम्बु घाइते भएका छन् ।
दुहबी सामुदायिक अस्पतालमा उपचार गराई कार्यालयतर्फ फर्कने क्रममा मधेशी मोर्चाका बन्दकर्ताले दुहबी भलुवा नगरपालिका–३ मा आइपुग्दा उनीहरुलाई कुटपिट गरी सामान्य घाइते बनाएका थिए । लिम्बु कार्यालय फर्केका छन् भने खत्रीको दुहबी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिट गर्नेहरुको खोजी गर्नुको साथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया