मोरङ ५ असोज । लगातारको बन्द, हड्तालबाट आजित बनेका ब्यवसायीहरु बन्दको बिरुद्धमा सडकमा उत्रिन थालेका छन् ।
बन्द सधैका लागि बन्द गरौ भन्दौ आज झापा र मोरङका यातयात व्यवसायी, मजदुर, शिक्षक, बिद्यार्थी, व्यवसायी, उद्योगी लगायतको सहभागितामा बिशाल र्याली निकालिएको छ । झापाको दमक, मोरङको उर्लाबारी र पथरी क्षेत्रका व्यवसायीहरु गरिखान देऊ भन्दै सडकमा उत्रिएका हुन् ।
दमकबाट सयौ मोटसाइकल, बस, ट्याक्सी लगायतको र्याली पथरीसम्म पुगेर पुन ः दमक फर्किएको थियो । बन्द, हड्तालको विकल्प खोजेर निर्वाध रुपमा सवारी साधन चलाउन दिन उनीहरुले माग गरेका छन् । नजिकिदै गरेको चाडपर्वको मुखमा पूर्वमा दिनहुँजसो हुने गरेको बन्द हड्तालका कारण स्थानियबासी आजित भएका छन् ।
बन्दको बिरुद्धमा उर्लाबारीका व्यवसायीहरुले स्वतस्फुर्त रपमा बजार पसल खोलेका छन् भने सडकमा केही निजि सवारी साधनहरु फाट्ट फुट्ट रुपमा गुड्न थालेका छन् । बन्दविरुद्ध स्थानीय बासी सडकमा उत्रिएको आन्दोलनकारीको भागभाग भएको थियो । उनीहरु कोही पसलमा लुकेका थिए भने कोही घरतिर भागेका थिए ।
















प्रतिक्रिया