१० कार्तिक २०८३, मंगलबार

प्रहरी चौकीमै गोली चल्यो, प्रहरी जवानले गरे साथीको गोली हानी हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logo

चौतारा, ५ असोज । सिन्धुपाल्चोक जिल्लाको ठोकर्पा प्रहरी चौकीमा प्रहरीले नै गोली प्रहार गर्दा अर्को प्रहरीको मृत्यु भएको छ ।

गएराति १० बजे जिल्लाकै सुनखानी गाविस निवासी प्रहरी जवान अशोक बरालले थ्री नट थ्री राइफलले गोली प्रहार गर्दा जिल्लाकै पुल्चोक गाविस निवासी प्रहरी जवान रेशमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

घटनाको जानकारी पाएपछि घटनास्थल पुग्नुभएका प्रनाउ अधिकारीका अनुसार पेटमा गोली लागी घाइते भएका थापाको प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत थप उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । शवपरीक्षणका लागि जिल्ला सदरमुकाम चौतारामा हिजै राति ल्याइएको छ । दुबै प्रहरी एकआपसमा मिल्ने साथी भएको बुझिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ भने गोली प्रहार गर्ने बराललाई नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । रासस