अछाम, ४ असोज । मदिरा सेवनका कारण अछाममा एक शिक्षकको ज्यान गएको छ । जिल्लाको विधा प्रवोधनी उच्चमाध्यमिक विद्यालयमा मावि तहमा कार्यरत शेरा गाविसको वडा नं ७ निवासी ३७ वर्षीय पदम भण्डारीको मदिरा सेवनका कारण ज्यान गएको हो ।
जिल्लाको कमलबजारमा बर्सेनि लाग्ने घाँसे मेला हेर्न गएका शिक्षक भण्डारीले अत्यधिक मदिरा सेवन गरेका थिए । अत्यधिक मदिरा सेवनले अस्वस्थ रहेका भण्डारीको गएराति स्थानीय मेडिकल क्लिनिकमा उपचार गराइरहेका बेला ज्यान गएको मृतकका आफन्तले बताएका छन् । रासस















प्रतिक्रिया