१ कार्तिक २०८३, शनिबार

नयाँ संविधान घोषणा, नेपाल नयाँ युगमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-yadav-Sambidhan-ghosana

राष्ट्रपति डा. रामवरण यादवले नेपालको नयाँ संविधान घोषणा गर्नुभएको छ ।

आइतबार साँझ पौने ६ बजे राष्ट्रपति डा. यादवले संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्नुभयो । उहाँले संविधान जारी गरिरहँदा लामो समयसम्म सभासद्हरुले तालीको गड्गडाहत गरेका थिए । त्यसअघि संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संविधानसभा नियमावली ११० को उपनियम (३) बमोजिम संविधानसभाले पारित गरेको संविधानका प्रति हस्ताक्षरका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुभएको थियो ।  नयाँ संविधानको घोषणासँगै नेपालको अन्तरिम संविधान, २०६३ निष्कृय भएको छ ।