२१ कार्तिक २०८३, शनिबार

कांग्रेसले किन बोलायो केन्द्रीय कार्यसमितिको बैठक ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस नेपालको संविधान २०७२ पारित भएको र त्यसपछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भोलि सोमबार बिहान नौ बजे कार्यसमिति बैठक बस्नेछ । कांग्रेसद्वारा आज जारी विज्ञप्तिअनुसार असोज ४ गते बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने उल्लेख छ ।

बैठकमा संविधान निर्माण र कार्यान्वयनपछिको अवस्था, १३औँ महाधिवेशन, नयाँ सरकार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुनेछ ।

नयाँ संविधान निर्माणसँगै कांग्रेसले सरकारको बागडोर दोस्रो ठूलो सत्तारुढ दल एमालेलाई दिने पूर्वसहमति गरिसकेको छ ।

सो सहमति र संवैधानिक व्यवस्थाअनुसार कांग्रेसले संविधान लागू भएको एक साताभित्र राजीनामा दिनुपर्ने हुन्छ ।