२१ कार्तिक २०८३, शनिबार

संविधान घोषणाका लागि राष्ट्रपतिलाई भित्तामा पुर्‍याउने यस्तो छ तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr._Ram_Baran_Yadavकाठमाडौं, २ असोज । राष्ट्रपति डा.रामवरण यादवसँग प्रमुख तीन दलबीच विग्रिएको सम्बन्धको प्रतिक्रिया छर्लङ्ग देखिएको छ ।

तीन ठूला दल कांग्रेस, एमाले र एकीकृत माओवादीसँगको विग्रिएको सम्बन्धका कारण आइतबारको विशेष समारोहमा राष्ट्रपति डा.यादवलाई सरकारले तोकिदिएको क्षेत्रभित्र बसेर मन्तव्य दिनुपर्ने भएको छ । राष्ट्रपतिले भोलि आइतबारको विशेष समारोहमा आफू खुसी एक शब्द पनि बोल्न पाउनु हुने छैन ।

आइतबार ५ बजेको विशेष समारोहमा राष्ट्रपति डा.यादवले दिने मन्तव्यको पाठ सरकारले बनाइदिने स्रोतले जनाएको छ । भोलि आइतबार बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको मन्तव्यको भाषा पारित गरेर उपलब्ध गराउने छ ।

मधेसी, थारु र अन्य असन्तुष्ट दल तथा समूहलाई पनि सहमतिमा ल्याएर संविधान निर्माण गर्न राष्ट्रपति डा.यादवले कांग्रेस, एमाले र एकीकृत माओवादीलाई दवाव दिँदै आएको थिए । डा.यादवको सो दवावबाट तीन ठूला दलका शीर्ष नेताहरू खुसी थिएनन् ।

स्वयं कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले डा.यादवको संविधानसभामा कडा आलोचना गर्नुभएको थियो । उहाँले यतिसम्म की ‘संविधानसभाभन्दामाथि कोही पनि छैन’ भनेर डा.यादवलाई धेरै नबोल्न चेतावनी दिनुभएको थियो ।

एमाले र एकीकृत माओवादीले पनि राष्ट्रपति डा.यादव आफ्नो मर्यादाभन्दा माथि जान थालेको भन्दै आलोचना गर्दै आएका थिए । हुन पनि राष्ट्रपति डा.यादवले सहमतिमा संविधान बनाउन दवाव दिँदै संविधानसा अध्यक्षलाई पत्रसम्म लेखेर पठाउनु भएको थियो ।