२१ कार्तिक २०८३, शनिबार

मोदी दूत जयशंकरले ‘सम्झाएपछि’ असन्तुष्ट पक्षको माग सम्बोधन गर्न तीन दल एकमत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad-2काठमाडौँ, २ असोज । भारतीय विदेश सचिवको नेपाल भ्रमणपछि प्रमुख तीन राजनीतिक दलले भोलि आइतबार संविधान जारी गर्ने समारोहमा सहभागी हुन सबैलाई संयुक्त वक्तव्यमार्फत आह्वान गर्ने भएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा (माओवादी)का शीर्ष नेताको बैठकले संविधान जारी गर्ने महत्वपूर्ण समारोहमा सबैलाई सहभागी हुन संयुक्त रुपमा वक्तव्य जारी गरी आग्रह गरिने र असन्तुष्ट पक्षलाई पनि सन्तुष्ट पार्ने गरी आजै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने बैठकपछि एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बताउनुभयो ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भोलि राष्ट्रपतिले विशेष समारोहका बीच संविधान विधिवत् जारी गर्नुहुने बताउनुभयो ।

बैठकमा समसामयिक परिस्थितिको सम्बन्धमा समीक्षा गरिएको बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मधेस आन्दोलनको पनि उपलब्धि भएको र संविधानले आम नेपाली जनतालाई सम्बोधन गरेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको बताउनुभयो । रासस