२१ कार्तिक २०८३, शनिबार

विप्लव माओवादीले जनसंविधान घोषणा गर्ने !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chanda-Biplavकाठमाडौं, २ असोज । नेत्रविक्रम चन्द विप्लव नेतृतवको नेकपा माओवादीले प्रमाणीकरण भएको संविधानका विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ ।

काठमाडौंको रत्नर्पाकमा आज हुने कोणसभामा विप्लव माओवादीले संविधानसम्बन्धी आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो । विप्लव माओवादीले संविधानसभाको विरोध गर्दै आएको छ ।

प्रवक्ता खड्क विश्वकर्माले प्रमुख दलहरूले संविधानसभाबाट ल्याएको संविधान जनविरोधी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनविरोधी संविधानविरुद्ध हाम्रो पार्टीको धारणा सार्वजनिक गर्छौं ।’

विप्लव माओवादीले दिउँसो रत्नपार्कस्थित शान्तिबाटीकामा कार्यक्रम राखेको छ ।