२१ कार्तिक २०८३, शनिबार

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्बिर : रोशन सापकोटा, रासस
तस्बिर : रोशन सापकोटा, रासस

काठमाडौं, २ असोज । संविधान निर्माणका क्रममा असन्तुष्ट देखिएका समूह र दल तथा उनीहरूका माग सम्बोधन गर्ने विषयमा छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।

अहिले केही समयपछि बालुवाटारमा बस्ने कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र थारु आन्दोलनकारीका माग सम्बोधनका विषयमा केन्द्रित हुने बुझिएको छ ।

आफ्ना मागलाई प्रमुख तीन दलले ध्यान नदिएको भन्दै असन्तुष्ट बन्नुभएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले अगाडि सहमतिका लागि अगाडि सारेका विषयमा पनि छलफल हुनेछ ।

त्यसै गरी नेपालको संविधान २०७२ मा शुक्रबार प्रमाणीकरण भइसकेको र भोलि आइतबार विशेष समारोह गरेर आरम्भ गर्ने संविधान तथा त्यसपछिको अवस्थाका विषयमा पनि समीक्षा हुनेछ ।