३० आश्विन २०८३, शुक्रबार

लामिछानेले शिल्पासँग मुस्ताङको चिसोमा के गर्दैछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shilpa Pokharelकाठमाडौं । निर्देशक ऋषि लामिछानेले किस्मत–२ को छायाङ्कन मुस्ताङ जिल्लाबाट सुरु गरेका छन् । शिल्पा पोख्रेललाई नायिकामा राखेका निर्देशक लामिछानले मुस्ताङका नोराम दृश्य फिल्ममा कैद गर्ने योजना बनाएका छन् ।

किस्मत– २ छविराज ओझाले निर्माण गर्न थालेका हुन् । किस्मत चलचित्रबाट राम्रो सफलता पाएपछि निर्माता ओझाले किस्मत–२ निर्माण सुरुको बताइएको छ ।

मुस्ताङको जोमसोममा विशेष कार्यक्रम गरी किस्मत– २ को छायाङ्कन सुरु गरिएकोे छ । यसअगाडि ओझाले निर्माण गरेको किस्मत चलचित्रको पनि मुस्ताङका विभिन्न पर्यटकीय स्थलमा छायाङ्कन गरिएको थियो ।

ओझाले चलचित्र सफल हुनका लागि छायाङ्कन गरिएका ठाउँले पनि महत्व राख्ने भएकाले पर्यटकीय ठाउँ मुस्ताङबाट छायाङ्कन सुरु गरिएको बताए ।

चलचित्रमा नायिका शिल्पाका साथै नायक किशोर खतिवडा र नवकलाकार पृथ्वीराज शर्माको मुख्य अभिनय रहनेछ ।

चलचित्रमा श्याम भट्टराईको कथा, सामिप्य तिमिल्सिनाको पटकथा र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

चलचित्र किस्मतको सिक्वेल भनिएपनि कलाकार तथा निर्देशक भने नयाँलाई राखिएको निर्देशक लामिछानले बताए ।

ओझाले आफ्नो जन्मदिनको अवसरमा किस्मत–२ निर्माण गर्ने घोषणा गरेका थिए । पछिल्लो समय जोमसोम र मुस्ताङमा चलचित्रको छायाङ्कनका लागि कलाकारहरूको ओइरो लाग्न थालेको छ ।