२१ कार्तिक २०८३, शनिबार

मधेसी नेतालाई प्रचण्डले भने-‘मधेसका जायज माग सम्बोधन गर्छाै, आन्दोलन रोक्नुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Kathmanduकाठमाडौँ, १ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट नेपालको संविधान, २०७२ पारित र प्रमाणीकरण भएसँगै नेपाली जनताको सात दशकको सपना पूरा भएको बताउनुभएको छ ।

संविधानमा आज सभाध्यक्षबाट प्रमाणीकरण भएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले सोचेजस्तो रुपमा संविधान नबने पनि जनताका प्रतिनिधिले जनताका लागि संविधान बनाएको घटना ऐतिहासिक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “यो सबै नेपालीको जित हो । नेपाल राष्ट्रको विजय हो । यसमा अब असन्तुष्ट पक्षका आवाज समेटेर परिमार्जन र समृद्ध गराउँदै जान सकिन्छ ।”

उहाँले मधेस केन्द्रित दलका जायज मागलाई सम्बोधन गर्न सकिने पनि स्पष्ट गर्नुभयो । उहाँले मधेसी दलहरुलाई आन्दोलन रोक्न समेत आग्रह गर्नुभयो । रासस