२१ कार्तिक २०८३, शनिबार

मधेसी मोर्चाका नेताहरुलाई लैनचौर बोलाएर मोदी दूत जयशंकरले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

S-jay-shankarकाठमाडौं, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दूत भारतीय विदेश सचिव एस जयशंकरले मधेसबादी दलका नेतालाई भेटेका छन् ।

शुक्रबार लैनचौरस्थित भारतीय दूतावासमा बोलाएर मोदी दूत जयशंकरले मधेसी मोर्चाहरुको मागप्रति भारतको पूर्ण समर्थन रहेको बताउँदै मधेसी नेताहरुलाई आश्वस्त पारेका छन् ।  मधेसीका माग सम्बोधनमा पहल गर्न आफू नेपाल आएको बताउँदै उनले प्रमुख तीन दललाई मधेसी मोर्चाको पक्षमा निर्णय गराउन सक्दो प्रयास गर्ने बताएको स्रोतले जनाएको छ ।

भेटमा मधेसी नेताहरुले आफ्नो माग पूरा गराउन भारतले भूमिका नखेलेको भन्दै गुनासो पोखेका थिए । उनीहरुले वार्ताका लागि सरकारलाई लचक पारिदिन समेत आग्रह गरेका छन् । अहिलेको संविधानलाई कुनै हालतमा मान्न नसकिने अडान समेत राखेका छन् ।

मोदी दूतलाई भेट्न मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण र महेन्द्र यादव लैनचौर स्थित भारतीय दूतावास गएका थिए ।