२१ कार्तिक २०८३, शनिबार

संविधानसभाबाट नयाँ संविधान प्रमाणिकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subash-Nemwang-BICC_CA_Meetingकाठमाडौं, १ असोज । असोज ३ गते घोषणा हुने नयाँ संविधान संविधानसभाबाट प्रमाणिकरण भएको छ ।

शुक्रबार विहान ११ बजेदेखि ३ बजेसम्म सभासदहरुले हस्ताक्षर गरेपछि संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधान प्रमाणिकरण भएको घोषणा गर्नुभयो । उहाँले भन्नुभयो–‘बहुमत माननिय सदस्यहरुको हस्ताक्षरले संविधानसभाबाट नयाँ संविधान प्रमाणिकरण भएको घोषणा गर्दछु । अब कुनै शक्तिले पनि संविधान रोक्न सक्दैन् ।’

सभाध्यक्ष नेम्वाङले भारतबाट आएका विदेश सचिव एस जयशंकरतर्फ संकेत गर्दै कुनै शक्तिले प्रयास गरेपनि अब संविधान दस्तावेज बनेरै छाड्छ । नयाँ संविधानको ‘ड्राफ्ट’मा ५३५ जना सभासदले हस्ताक्षर गरेका थिए ।