काठमाडौं, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एवम् विदेशसचिव एस जयशंकर काठमाडौं आइपुगेका छन् ।
केही सहयोगीहरुका साथ विदेशसचिव जयशंकर बिहान साढे नौ बजे काठमाडौं आपुगेका हुन् । उनको साथमा नेपालका लागि भारतीय राजदूत रञ्जीत रे पनि सहभागी छन् ।
राजदूत रे केही दिनअघि नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा व्रिफिङ गर्न नयाँदिल्ली गएका थिए ।
नेपालको राजनीतिलाई नजिकबाट नियकाल्दै आएको भारतले यस पटक पनि आफ्नो भूमिकालाई स्पष्ट देख्ने गरी सक्रिय बनाएको छ ।
यसैबीच, जयशंकर काठमाडौंमा आएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु पनि राजधानीमा केन्द्रित भएका छन् ।
जयशंकरसँगको भेटका लागि मधेस केन्द्रित दलका नेताहरु राजधानीमा जम्मा भएका हुन् ।












प्रतिक्रिया