१० कार्तिक २०८३, मंगलबार

सप्तऋषि मन्दिरमा बिहानैदेखि भीड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ असोज । ऋषि पञ्चमीको अवसरमा आज भक्तपुरको सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर परिसरमा रहेको सप्तऋषि मन्दिरमा बिहानैदेखि महिलाको भीड लागेको छ ।

बिहान ४ बजेदेखि मन्दिरमा दर्शनार्थी महिलाको भीड लागेको गुप्तेश्वर मन्दिर व्यवस्थापन समितिका भाइकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

आज दिनभरि नै मन्दिरमा भीड लाग्ने र सहज दर्शनका लागि व्यवस्था गरी स्वयंसेवक परिचालन गरेको उहाँले बताउनुभयो ।

सो मन्दिरमा भक्तपुरको सिरुटार, बालकोट, दधिकोट, ललितपुरको चाँगाथली, टीकाथली, लुभू लगायतका बासिन्दा दर्शनका लागि आउने गरेका छन् । रासस