मुम्बई । भारतको पञ्जाव राज्यको अमृतसरमा सन् १९६७ सेक्टेम्बर ९ जन्मिएका बलिउड नायक अक्षय कुमार ४८ औँ वर्षमा प्रवेश गरेका छन् । उनले आफ्नो जन्मदिन पनि बडोधुमधामका साथ मनाएका छन् ।
अक्षयले बलिउडमा एक्शन हिरोको रुपमा अभिनय गर्न सुरुवात गरेका थिए । अक्षय हरेक किसिमको फिल्ममा अभिनयमा खेल्न सक्दछन् । अक्षयको सुरुवाती दिनहरु लभ स्टोरी फिल्ममा विते । वलिउडमा उनका लभ अफेयर्स पनि त्यतिकै रोचक रहेका छन् ।
टुविकल खन्नासँग विवाह गर्नुभन्दा पहिला अक्षय थुप्रै नायिकाहरुसँग डेटिङगमा जोडिए । अक्षय कुमारको नाम करिब ९० को दशकमा रहेका प्राय सबै ठूला नायिकासँग जोडिएको थियो ।
अक्षयको एक्स गर्लफ्रेंड शिल्पा शेट्टीले एक इन्टरभ्युमा अक्षयसँग जोडिएकको रोचक कुरा बताएकी थिइन् । शिल्पाले अक्षय कुमार आफ्नो प्रेमिकालाई विश्वास दिलाउन चाडै मंगनी गर्छन् । अक्षय आफ्नो हरेक गर्लफ्रेन्डलाई मध्यरात मुम्बईको सिद्धिविनायक मंदिर लिएर जान्छन् । उनीसँग त्यहि विवाह गर्ने वचन दिन्छन् ।
तर जसरी अक्षयको जिन्दगीमा कुनै नयाँ केटी आउछिन्, अक्षय आफ्नो वचन तोड्छन् ।
यस्तै खुलासा अक्षयकी अर्की गर्लफ्रेन्ड रवीना टन्डनले पनि गरेकी थिइन् । रवीनाले भनेकी थिन् अक्षय आफ्नो हरेक प्रेमिकालाई यस कुराको महसुस गराउछन् कि अक्षय उक्त केटीलाई सबैभन्दा ज्यादा चाहान्छन र उसँग मंगनी गर्न चाहान्छन् ।
१७ जनवरी २००१ मा ट्वीङकल खन्नासँग विवाह बन्धनमा बाधिएका अक्षय आज खुशी साथ वैवाहिक जिन्दगीमा रहेका छन् । तर धेरै मानिसहरु यो कुरा थाहाँ छैन कि अक्षय, ट्विंकलसँग विवाह गर्ने मूडमा थिएनन् । तर ट्विंकलको आमा डिम्पल कपाडि़याको दबावका कारण अक्षयले विवाह गरेका थिए । दुवैको दुई बच्चा रहेका छन् ।
भनिन्छ फिल्ममा आउनुभन्दा पहिला अक्षयको अफेयर त्यस समयकी प्रख्यात मोडल पूजा बत्रासँग थियो । यहाँसम्म की दुईको इङगेजमेन्ट पनि भएको थियो । फिल्मी संसारको असरले यस सम्बन्ध अघि बढ्न सकेन ।
















प्रतिक्रिया