३० आश्विन २०८३, शुक्रबार

काग्रेसका दीपकप्रसाद कुँइकेलको सभासद् पद धरापमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dipak_kuikel_finalकाठमाडौं, ३० भदौ । कांग्रेसबाट निर्वाचित काठमाडौं क्षेत्र नं २ का सभासद दीपकप्रसाद कुँइकेलको सभासद पद धरापमा परेको छ ।

उप निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेर सभासद् भएका कुँइकेल सरकारी सहयोग र अनुदानबाट संचालित क्याम्पसमा कर्मचारी रहेको कारण सभासद् पद माथि खतरा उत्पन्न भएको हो ।

कुँइकेलकोको सभासद् पद खारेज गरी पाउँ भनि संविधानसभा अदालतमा मंगलवार रिट दर्ता भएको छ । एमालेको भातृसंगठन अनेरास्ववियुका काठमाडौं जिल्ला अध्यक्ष राजकुमार लामिछानेले हालेको रिटमा सभासद् कुँइकेल, निर्वाचन आयोग र नेपाली काँग्रेस केन्द्रीय कार्यसमतिलाई विपक्षी बनाएको छ । ‘नेपालको अन्तरिम संविधान २०६३ को धारा ६५(घ) मा संविधान सभा सदस्य हुनको कुनै लाभको पद धारण नगरेको हुनुपर्ने भनि योग्यता निधारण गरिएको छ भने धारा ६७ (ख) मा धारा ६५ बमोजिम निजको अयोग्यता नभएमा वा नरहेमा सदरस्यको स्थान रक्त हुने छ भन्ने संवैधानिक व्यवस्थाको उल्लेख गर्दै हालिएको उक्त रिटमा कुँइकेलको सभासद् पद तत्काल खारेज गरी काठमाडौं क्षेत्र न २ मा पुनः चुनाव गराउन माग गरिएको छ । मुद्धा पैmसला नहुन्जेल कुँइकेललाई संविधानसभा बैठकमा सहभागी नगराउन समेत रिटमा माग गरिएको छ ।

कागेश्वरी मनहरा नगरपालिका वडा नं ५ (साविक डाँछी गाविस ७) निवासी कुँइकेल थलीस्थित कान्तिपुर क्याम्पसमा २०४८ सालदेखि जागिरे छन् । उक्त क्याम्पसमा उनी अहिले कार्यकारी निर्देशक पदमा कार्यरत छन् । क्याम्पसको कार्य सम्पादन, आर्थिक लगायतका प्रमुख जिम्मेवारी अहिलेसम्म पनि कुँइकेलले नै समाल्दै आएका छन् । पहिल्यैदेखि लाभको पद कार्यरत रहेर उपनिर्वाचनमा सो पदबाट राजीनामा नगरी चुनावमा उठेर र सभासद् भएको रहस्य अहिले खुलेको हुनाले उनको सभासद् पद खारेजीको लागि उजुरी हाल्नु परेको निवेदक लामिछानेले बनाए । सामुुदायिक रुपमा संचालित कान्तिपुर क्याम्पसमा विश्व विद्यालय अनुदान आयोग, उच्च माध्यमिक शिक्षा परिषद्, संसद क्षेत्र विकास कोष, जिल्ला विकास समिति र नगरपालिका लगायतका सरकारी निकायबाट सहयोग हुँदै आएको छ । उक्त क्याम्पस सरकारी जमिनमा भोग अधिकार लिई संचालन गरिएको छ ।

रिटमा उजुरीकर्ताको तर्फबाट चर्चित अधिवक्ता अर्जुनकुमार अर्यालले बहस गर्ने भएका छन् । अधिवक्ता अर्यालले बहस गरेको केही महिनाअघिको अर्को यस्तै मुद्धामा एमाओवादीका सभासद् शम्भुहजारी पासवानको सभासद पद खारेज भएको थियो ।