१० कार्तिक २०८३, मंगलबार

राष्ट्रिय बाल दिवसमा कञ्चनपुरमा अधिकारकर्मी सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

online 2 sep 15

महेन्द्रनगर, २९ भदौ । राष्ट्रिय बाल दिवसका अवसरमा कञ्चनपुरका बाल अधिकारकर्मी सम्मानित भएका छन् ।

‘पुनःनिर्माण र संविधानः बालअधिकारको संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मंगलबार राष्ट्रिय वाल दिवस २०७२ मुल समारोह समिति कञ्चनपुरले आयोजना गरेको जिल्ला स्तरिय वकतृत्वकला, जिल्ला स्तरिय बाल संरक्षण निति सार्वजनिकरण र बालअधिकारका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रममा बाल अधिकारकर्मी सम्मानित भएका हुन् ।

बाल अधिकारको संरक्षण, सम्वद्र्धन र जिल्ला स्तरीय बाल संरक्षण नीति २०७२ तर्जुमा गर्नमा उल्लेखनीय योगदान पुर्याएको भन्दै समितिले ईन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाट, बालअधिकार अधिकृत भुवनराज चटौत, अधिवक्ता पुनमसिंह चन्द, विनोद विक्रम जैरु, जिल्ला बाल सञ्जाल र कृष्णसिंह देउपालाई सम्मान गरेको हो ।

जिल्ला बाल संगठन कञ्चनपुरका सभापति प्रेमसिह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ रहेका थिए । कार्यक्रमका प्रमुख अतिथी भोजराज श्रेष्ठले नयाँ संविधानले बालबालिकाको आधारभूत अधिकार सुनिश्चित गर्ने र सवै सरोकारवालाहरुले बालबालिको बचाउँ, संरक्षण, विकास र सहभागिताका लागि काम गर्नुपर्ने बताए ।

यसैगरी ईन्सेक कञ्चनपुरले बाल दिवसको अवसर पारेर कृष्णपुरस्थित सरस्वती मावि, वाणी र कालिका मावि बण्डमा वालभेला गरी बाल अधिकार सम्बन्धि अभिमुखिकरण गर्नका साथ बाल अधिकार चेतना समुह पुर्नगठन गरेको छ ।