१० कार्तिक २०८३, मंगलबार

४५ रुपैयाँले जेलमा भोकै मार्न खोजेको भन्दै चार्ल्स शोभराजद्वारा सर्वोच्चमा रिट दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charls-Shovrajकाठमाडौँ, २८ भदौ । व्यक्ति हत्या गरिएको ठहर भई कैदमा रहेका ७० वर्षीय चार्ल्स गुरुमुख शोभराजद्वारा बन्दी तथा थुनुवालाई खानाका लागि भनी प्रतिदिन दिइने रु ४५ कम भएको भन्दै त्यसलाई बढाउन आदेशको मागसहित सर्वोच्च अदालतमा आज रिट निवेदन दर्ता गरिएको छ ।

शोभराजद्वारा दायर गरिएको रिट निवेदनमा दिनको रु ४५ ले पेटभरी खान र पौष्टिक आहारको व्यवस्था गर्न सम्भव नहुने उल्लेख गरिएको छ । सरकारले प्रति थुनुवा तथा कैदीलाई प्रतिदिन रु ४५ र सात सय ग्राम चामल दिने गरेको छ ।

विसं २०६३ सम्म बन्दी तथा कैदीलाई दिइने रकम रु ३० थियो । विसं २०६३ पछि उनीहरुलाई प्रतिदिन रु ४५ दिइने व्यवस्था गरिएको हो ।

रिट निवेदनमा प्रतिदिन रु ४५ ले बाँच्न पाउने अधिकारको विरुद्ध भएकाले त्यसलाई बढाउनुपर्ने उल्लेख गरिएको छ । रासस