१० कार्तिक २०८३, मंगलबार

रौतहटमा निषेधाज्ञा फिर्ता, जनजीवन कष्टकर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gaur-tanabरौतहट, २८ भदौ । स्थानीय प्रशासनद्वारा सदरमुकाम गौरमा हिजो अपराह्न १२ बजेबाट जारी गरिएको निषेधाज्ञा फिर्ता भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा मुस्लिम सङ्घर्ष गठबन्धनले गर्ने विरोध प्रदर्शनलाई मध्यनजर गर्दै लगाइएको निषेधाज्ञा आज बेलुका ७ः०० बजेबाट फिर्ता भएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो ।

निषेधाज्ञा फिर्ता भए तापनि गत भदौ ७ गतेदेखि घोषित दङ्गाग्रस्त क्षेत्र भने सदरमुकाम गौरलगायतका क्षेत्रमा यथावत् नै रहेको उहाँले बताउनुभयो ।

मोर्चाको आह्वानमा अनिश्चितकालीन मधेस बन्द ३१औँ दिनसम्म जारी रहँदा यहाँसहित तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

बन्दका कारण सदरमुकाम गौर, शिवनगर, गरुडालगायतका स्थानमा बजार, यातायात, बैंक र शैक्षिक संस्था एक महिनादेखि अवरुद्ध अवस्थामा छन् ।

बन्दपछि राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेडलगायत अन्य निजी क्षेत्रका बैंकले पनि कारोबार गरेका छैनन् । सार्वजनिक यातायातका साधन नचल्दा यातायात व्यवसायी पनि मारमा परेका छन् ।

लामो समयदेखिको बन्दका कारण रौतहटमा पेट्रोलियम पदार्थ, ग्यासलगायतका अत्यावश्यक वस्तुको अभाव भएको छ भने दक्षिणी भेगका सर्वसाधारण मुलुकका विभिन्न स्थानमा जान हिँडेर चन्द्रनिगाहपुर आई अन्यत्र जान बाध्य छन् । रासस