![k|x/Lsf] lgoGq0fdf ljBfyL{ jL/uGhsf] 306f3/ rf]sdf k|bz{g ug]{ ljBfyL{nfO{ lgoGq0fdf lnFb} ;'/IffsdL{ . :yfgLo k|zf;gn] ebf} !$ ut]b]lv 306f3/ rf]snufotsf :yfgnfO{ b+ufu|:t If]q 3f]if0ff u/L wgf{, k|bz{gdf /f]s nufPsf] 5 . tl:a/ M ljhos'df/ dxtf], k;f{–/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/09/Police2-650x416.jpg)
रौतहट, २८ भदौ । हिंसात्मक आन्दोलनमा प्रमुख भुमिका खेलेको आरोपमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका पाँच नेतालाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।
सोमबार प्रहरीले रौतहटको गौर नगरपालिका कार्यालय क्षेत्रबाट फोरम लोकतान्त्रिकका अजय गुप्ता, सदभावना पार्टीका शेष जमसेद, तमलोपाका अनिल सिंह, फोरम नेपालका राम किशोर यादव र रामेश्वर प्रसाद यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मधेसी नेतालाई हिरासतमा राखेर एम्बुलेन्सबाट थुतेर लखेटी लखेटी हत्या गरिएको असई थमन बहादुर विक घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु सबै तराईमा आन्दोलनरत मधेसी मोर्चाका जिल्ला नेता हुन् । आइतबार मात्रै पूर्व मन्त्रीसहित मधेसी मोर्चाका ३५ नेता प्रहरीको निगरानीबाट बच्न भारतको शरणमा गएका थिए ।















प्रतिक्रिया