१० कार्तिक २०८३, मंगलबार

सप्तरीको रुपनीमा आइतबार साँझ गोली चल्यो, तीन आन्दोलनकारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Policeसप्तरी, २७ भदौ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको रुपनीमा आज साँझ आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच झडप भएको छ ।

राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञालाई प्रदर्शनकारीले तोडेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।

प्रदर्शनकारीले निषेधाज्ञा तोडेर प्रदर्शन गर्दे ढुङ्गामुढा गरेपछि स्थितिलार्ई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाइफायर एवम् गोली चलाउनुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञा तोडेर प्रदर्शन गर्दे प्रहरीमाथि आक्रमन गर्ने तीन जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादवलगायत तीन जना आन्दोलनकारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच सप्तरीको रुपनीमा आज साँझ प्रदर्शनकारी र प्रहरीबीचको झडपमा प्रहरीले तीन जना आन्दोलनकारीलाई पक्राउ गरेको भन्दै सदरमुकाम राजविराजस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आन्दोलकारीले आगजनी गरेको छ ।

आगजनीबाट पार्टी कार्यालयको सम्पूर्ण फर्निचरलगायत अन्य सामग्री जलेको नेपाली काँग्रेस पार्टी कार्यालयले जनाएको छ ।

अहिले राजविराजको स्थिति तनाबग्रस्त रहेकाले स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास र छ राउण्ड हवाइफायरसमेत गरेको प्रहरीले जनाएको छ ।

तीन दिनअघि पनि आन्दोलकारीले नेपाली काँग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका थिए । आन्दोलनकारीले अहिले पनि राजविराजको विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन् । रासस