भक्तपुर, २७ भदौ । बनेपाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ३०७४ नम्बरको यात्रुबाहक बसको ठक्करले आज भक्तपुरमा एक पैदल यात्रीको मृत्यु भएको छ ।
मध्यपुरथिमी नगरपालिका–१४ शंखधरचोकमा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा पैदलयात्रु अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोटका ७८ वर्षिय देवीप्रसाद आचार्यको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिनुभयो ।
बसको ठक्करले घाइते भएका आचार्यको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । रासस















प्रतिक्रिया